Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सीमामा तनाव बढ्दै गएपछि गुयानामा सैन्य अभ्यास गर्दै अमेरिका

गुयाना । अमेरिकाले संयुक्त अभियानमा गुयानामा सैन्य उडानहरू गर्ने बिहीबार बताएको छ । दक्षिण अमेरिकी मुलुक गुयानाले विवादित तेल–समृद्ध क्षेत्रलाई लिएर छिमेकी मुलुक भेनेजुएलासँग बढ्दो तनावको सामना गरिरहेका बेला अमेरिकाको उक्त भनाइ आएको हो ।

“गुयाना डिफेन्स फोर्ससँगको सहकार्यमा अमेरिकी दक्षिणी कमान्डले डिसेम्बर ७ मा गुयानाभित्र सैन्य उडान सञ्चालन गर्नेछ”, गुयानामा अमेरिकी दूतावासले एक विज्ञप्तिमा भनेको छ, “उडानहरू दुवै मुलुकबीचको सुरक्षा साझेदारीलाई बढाउनका लागि ‘नियमित संलग्नता’ को एउटा भाग हो ।”

हालै तेल–समृद्ध एस्सेक्विबो क्षेत्रमा सीमा विवाद बढेको छ । उक्त क्षेत्रमाथि एक शताब्दीभन्दा बढी समयदेखि गुयानाको नियन्त्रणमा छ तर भेनेजुएलाले पनि उक्त क्षेत्रमाथि दावी गर्दै सो क्षेत्र कब्जा गर्ने मनसाय व्यक्त गरेको छ । गुयानाको करिब दुई तिहाइ हिस्सा समेटिएको एस्सेक्विबोमा लामो समयदेखि चलिरहेको विवाद एक्सनमोबिलले त्यहाँ तेल पत्ता लगाएपछि चर्किएको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले एस्सेक्विबोको भाग्यमाथि आइतबार भएको जनमत सङ्ग्रहमा व्यापक समर्थन पाएपछि हालका दिनमा दबाब बढाएका छन् । एस्सेक्विबोमा गुयानाका ८० हजार नागरिकसहित एक लाख २५ हजार जनसङ्ख्या रहेको छ ।

यस क्षेत्रको सिमाना कहाँ हुनुपर्छ भन्ने विषयमा हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) मा मुद्दा चलिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077