Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन् २०२४ मा राष्ट्रपति पदमा पुनः लड्ने पुटिनको घोषणा

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा पुनः लड्ने घोषणा गरेका छन् ।

पुटिनले यो घोषणा सैनिकहरूका लागि आयोजित क्रेमलिनको कार्यक्रममा गरेका हुन् । यससँगै सत्तामा दशकौँ पुरानो उनको पकडलाई सन् २०३० को दशकसम्म बढाउने अनुमति प्राप्त हुनेछ ।

७१ वर्षीय पुटिनले यो शताब्दीको शुरुदेखि नै रुसको नेतृत्व गरेका छन् ।

उनले अहिलेसम्म चार राष्ट्रपतीय निर्वाचन जितेका छन् र करिब प्रतिपक्षी नै अस्तित्वहीन भएको प्रणालीमा केही समयका लागि प्रधानमन्त्रीसमेत बनेका छन् । निर्वाचन आगामी मार्च १५ देखि १७ सम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077