Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बैंकले एकलौटी ब्याज बढाउन नपाउने व्यवस्था गर्नुपर्छ : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकले एकलौटी ब्याज बढाउन नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले अहिले ऋणको ब्याजलाई सिंगल डिजिटमा ल्याउनुपर्ने भन्दै बैंकहरू मिटरब्याजीजस्तो हुन नुहने पनि बताए ।

उनले भने–‘जुन शर्तमा ऋण दिएको छ त्यो शर्त पालना हुनुपर्छ । कुनै कारणबस् त्यो शर्त पालना हुनै नसक्ने अवस्था आयो भने दुई पक्षको सहमतिपछि मात्रै बैठकले घटबढ गर्नेछ भन्ने लेखिएको हुन्छ । तर, घट् भन्ने त लेख्या मात्रै हो हुँदै हुँदैन । बढमात्रै हुने हो । त्यो एकलौटी गर्न नपाउने व्यवस्था हुनुपर्छ । अहिले ऋणको ब्याजलाई सिंगल डिजिटमा ल्याउनुपर्छ ।’

अलिकति म्याद थप गरेर उद्यम व्यवसायहरू अप्ठ्यारोमा परेको बेलामा सहयोग गर्नुपर्छ कहिले कहिले डुब्न लाग्यो भने त्यसलाई थप ऋण दिएर उठाउने र आफ्नो ऋण लिने गर्नुपर्छ । फस्यो भने यो गज्जबको जग्गा रहेछ लिलामीमा गयो भने यो कम्पनीले किन्छ भन्ने तरिका उपयुक्त हुँदैन ।

बैंकले निर्मम साहुजी, मिटरब्याजी नभई सहयोगी भएर काम गर्नुपर्ने बताए । डिपोजिटकर्ताहरू र ऋण लिनेहरु नै बैंकका आधार भएको बताउँदै अध्यक्ष ओललीले भने–‘लोन लिए न बैंक चल्छ पैसा थुपारेर बैंकले के गर्छ ? डिपोजिट गर्नेहरुको ब्याज कसरी फिर्ता गर्छ। त्यसकारण अहिले ऋण दिनेहरू फालाफाल भएकाले बैंकहरूले ऋण लिनेहरूको महत्व बुझेका छैनन् । ऋण लिनेले नै हो बैंकहरु चलाइदिने, ब्याज तिरिदिने पैसा गतिशील बनाइदिने त्यसकारण यो सम्बन्ध तनावको रुपमा होइन सुमधुर सम्बन्धनको रुपमा बनाउनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077