Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले भने - एउटा काण्ड सेलाउन नपाउँदै अर्को काण्ड आइहाल्छ, नागरिक आजित छन्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरू कुशासनका कारण आक्रान्त भएको बताएका छन्।

आइतबार नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले आजको दिनमा कुशासनबाट नागरिकहरू वाक्कदिक्क भएको बताए।

महामन्त्री थापाले भने, ‘आजको दिनमा कुशासन, एउटा नागरिकलाई र्‍यान्डम्ली गएर कसैले भेट्यो भने नागरिक सबैभन्दा बढी आजित केही कुराले भएको छ भने कुशासनले भएका छन्। एउटा काण्ड सेलाउन पाएको हुँदैन, अर्को काण्ड आउँछ। केही समयअघिसम्म एउटा काण्ड जताततै थियो। सुन काण्ड थियो, नक्कली भुटानी शरणार्थी प्रकरण थियो। अब एनसेल काण्ड आयो। अब यो केही दिन यही चल्छ। यो सेलाउन पाएको छैन, अर्को आउँछ।’

महामन्त्री थापाले एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दुःखद् भएको बताए।

उनले कांग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका घटना किन भइरहेको छन्?भन्दै प्रश्न गरे। महामन्त्री थापाले कांग्रेस समुन्नतिको पक्षमा अघि बढ्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077