Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • १५ उपसचिव सहसचिवमा बढुवा सिफारिस (सूचीसहित)

    १५ उपसचिव सहसचिवमा बढुवा सिफारिस (सूचीसहित)

    अनलाइन नेपाल
  • सोमबार, २५ मंसिर २०८०
  • 579
    SHARES

    काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले १५ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

    बढुवा समितिको बैठकले कार्यक्षमताको मूल्यांकनका आधारमा नेपाल प्रशासन सेवाका १५ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।



    सिफारिस गरेको योग्यताक्रम अनुसार क्रमशः नरबहादुर थापा, गोपीकृष्ण कोइराला, शालिकराम आचार्य, ध्रुवबहादुर खड्का, दीर्घ बहादुर पोखरेल, घनश्याम उपाध्याय, तीर्थप्रसाद धिताल, राजेश गौतम, सहसचिवमा बढुवा हुनेछन् ।



    यस्तै ऋषिराम पंगेनी, रामुराज उपाध्याय, राजकपुर चौलागाई, सन्तोषप्रसाद दाहाल, सुर्यबहादुर खत्री, जीवनप्रसाद दुलाल र ऋषिराज आचार्य पनि सहसचिवमा बढुवा हुनेछन् ।

    बढुवा सिफारिसमा चित्त नबुझेमा ३५ दिनसम्म बढुवा सिफारिस समितिमा उजुरी गर्न सकिने व्यवस्था छ । यदि उजुरी नपरेमा मन्त्रिपरिषद् बैठकले १५ जनालाई बढुवा गर्नेछ ।

    2023-12-11-12-11-01-gopa-mangsir-25-3

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार