Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आन्तरिक र बाह्य शक्तिहरु एमाले विभाजित गर्न खोज्दै छन् : केपी ओली

सिन्धुपाल्चोक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक र बाह्य शक्ति मिलेर एमाले पार्टी फुटाउने प्रयास भएको बताएका छन्।

झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत सोमबार सिन्धुपाल्चोकमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले एमालेलाई कमजोर बनाउने षडयन्त्र भएपनि लोकप्रिय पार्टी बन्न सफल भएको बताए ।

उनले दिगो ढंगले देशको रक्षा गर्न एमालेको एक बहुमतको सरकार आवश्यक रहेको बताए। उनले एमाले सरकारले गरेका कामबाट तर्सेर विभिन्न शक्ति मिलेर एमालेलाई सरकारबाट हटाइएको जिकिर गरे ।

एमाले सरकारमा भएका बेला गरेका कामले देशमा अरु कुनै वैकल्पिक शक्ति नरहेको स्पष्ट भएको उनले बताए।

उनले एमालेले नाकाबन्दीको सामनादेखि उत्तर दक्षिण सडक लगायतका विकासका काम गरको भन्दै तर्सिनुपर्ने,डराउनुपर्ने र अल्मलिनुपर्ने अवस्था नरहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077