Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

शेखर कोइराला समूहको बैठक सर्‍यो, अब मंसिर २७ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहको बैठक सरेको छ । मंसिर २६ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक बुधबार दिउँसोसम्मका लागि सरेको हो ।

बैठक दिउँसो १ बजे अनुपम फुडल्यान्डमा बस्ने बताइएको छ । पार्टीका महामन्त्री गगन थापाको समय मिलाएर बैठक सारिएको स्रोत बताउँछ ।

महामन्त्री थापाले मंगलबारका लागि बारामा आफ्नो निर्धारित कार्यक्रम रहेको भन्दै बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएका थिए ।

बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६-१९ का लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077