काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सबै शक्ति एकजुट भएर एमालेलाई हुँडारले जस्तो आक्रमण गर्दा पनि कार्यकर्ताले जोगाएको बताएका छन् ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा सोमबार राति रामेछापको मन्थलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले देश-विदेशका प्रतिक्रियावादी शक्ति एकजुट भएर आक्रमण गर्दा पनि लोकप्रिय पार्टी बनाएको भन्दै जनतालाई धन्यवाद दिए ।
उनले नेकपा एमालेलाई बचाउने मात्र होइन देशको सबैभन्दा लोकप्रिय पार्टी र राष्ट्रिय शक्तिको रूपमा उठाएको भन्दै कार्यकर्ता प्रति आभार व्यक्त गरे ।
संकल्प यात्रामा नागरिकबाट अथाह साथ, समर्थन र उत्साह पाएको बताउँदै उनले एमालेमा देश बनाउने संकल्प थप जागेको धारणा राखे ।