Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमालेको संकल्प यात्रामा अवरोध गर्न खोज्ने ३ जना पक्राउ

खोटाङ । नेकपा एमालेको मध्यपहाडी क्षेत्र केन्द्रित संकल्प यात्रालाई अवरोध गर्न खोजेको आरोपमा प्रहरीले खोटाङबाट ३ जनालाई पक्राउ गरेको छ।

प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिमा आबद्ध रहेका भनिएका ३ जनालाई प्रहरीले खोटाङको हलेसीबाट पक्राउ गरेको हो।

पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। मध्यपहाडी पुष्पलाल लोकमार्गको पश्चिमी सीमावर्ती विन्दु बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको संकल्प यात्रा मंगलबारबाट कोशी प्रदेश प्रवेश गर्दैछ।

एमालेको संकल्प यात्रा उदयपुरको घुर्मीबाट कोशी प्रदेश गर्नेछ। कोशी प्रदेशमा घुर्मीबाट सुरु हुने एमालेको यात्रा भोजपुरको चखेवा भन्ज्याङ, धनकुटाको पाख्रीबास, तेह्रथुमको वसन्तपुर, म्याङ्लुङ र पाँचथरको फिदिम हुँदै पुस २ गते चिवाभञ्ज्याङ पुग्नेछ।

यात्राको अन्तिम विन्दु चिवाभञ्ज्याङ हो। को प्रदेश नामाकरणबारे असन्तुष्ट ‘पहिचानवादी पक्षधर’हरुल एमालेको संकल्प यात्रामा शान्तिपूर्ण तरिकाले अवरोध पुराउने घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077