Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

३ लाख ३७ हजार मूल्यको हिरासहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध हिरासहित काठमाडौंबाट १ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल घर भइ काठमाडौंको सुन्धारा बस्ने ४४ वर्षीय सञ्जय मैती छन्।

सञ्जयको साथबाट प्रहरीले ३ लाख २७ हजार रुपैयाँ बढी मूल्यको अवैध हिरा फेला परेको हो ।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ५४७७ नम्बरको सुमोलाई फर्पिङ चेकपोस्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथमा अवैध हिरा फेला परेको थियो।

प्रहरीले उनलाई सोमबार राति काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ गरेको हो। हिराको बिल नभएको तथा अवैध तरिकाले भारतबाट आयात गरिएको जस्तो देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सुन–चाँदी व्यवसायीबाट परीक्षण गर्दा बरामद पत्थर हिरा भएको पुष्टि भएको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077