Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

देश विकास गर्न एमालेको एकल बहुमत सरकार चाहिन्छ : केपी ओली

भोजपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार चाहिने बताएका छन्।

भोजपुरको टेम्केमैयुङ गाउँ कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले देशको विकासका लागि एमालेको एकल सरकार आवश्यक भएको बताए। उनले देश बनाउने काममा एमालेले नेतृत्व गर्ने बताए ।

अध्यक्ष ओलीले भने,‘हाम्रो देश हामी आफैंले नै बनाउनुपर्छ । एमालेले देश बनाउँछ । यसका लागि सँगसँगै हिडौं। अहिलेको गठबन्धन सरकारबाट जनता वाक्कब्याक्क भइसकेको मैले यी चार दिनमा देखेको छु।’

उनले यो कामका लागि सही तरिकाबाट सबैको साथ लिएर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आव्हान गरे ।

उनले यात्रामा उत्साहपूर्ण सहभागिता जनाएका भन्दै सबैलाई धन्यवाद दिए । नेकपा एमालेको सरकारले छोटो समयमा पनि पर्याप्त काम गरेको अध्यक्ष ओलको दाबी छ ।

एमाले सरकारबाट हटेपछि देशको विकास ओरालो लागेको भन्दै विकासको काम अहिले ठप्प रहेको उनको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077