Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बुधबार नेप्से २ अंकले बढ्दा झण्डै ४ अर्बको कारोबार

    बुधबार नेप्से २ अंकले बढ्दा झण्डै ४ अर्बको कारोबार

    अनलाइन नेपाल
  • बुधबार, २७ मंसिर २०८०
  • 642
    SHARES

    काठमाडौं । साताको चौथो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

    दिनभर उचारचढावका बीच नेप्से परिसूचक २.६० अंकले बढेर १९८८.०४ विन्दुमा कायम भएको हो।



    सेयर बजारको परिसूचक नेप्सेले उच्चतम २०१६ अंक टेकेर फर्किएको छ । दिउँसो १२:११ बजेसम्म उकालो लाग्दै नेप्से २०१६ अंकसम्म पुगेकोमा अन्ततः बन्द हुँदा दुई हजारमुनि अर्थात् १९८८ अंकमा कायम भयो ।



    कारोबार रकममा गिरावट देखिएको छ । मंगलबार ४ अर्ब ३० करोड रुपैयाँको धितोपत्र कारोबार भएकोमा बुधबार भने ३ अर्ब ९० करोडमा खुम्चियो । कुल १३४ कम्पनीको मूल्य बढ्दा १०० को घट्यो भने ७ को स्थिर रह्यो ।

    विकास बैंक समूह सबैभन्दा धेरै १.१ प्रतिशत बढ्यो भने होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.६ प्रतिशत घट्यो ।

    बुधबार बैंकिङ ४, विकास बैंक ४४, फाइनान्स ६, जलविद्युत् ९, उत्पादन ४२, माइक्रोफाइनान्स २९, अन्य ५ अंक बढे ।

    निर्जीवन बीमा १४४, व्यापार २, जीवन बीमा १२९, निर्जीवन बीमा १४४ र होटल तथा पर्यटन उपसमूह ८९ अंक घटे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार