Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – भ्रष्टाचारको मुद्धा लाग्नेहरू मध्ये ९९ प्रतिशत पुरूष छन्

    प्रधानमन्त्री प्रचण्डले भने – भ्रष्टाचारको मुद्धा लाग्नेहरू मध्ये ९९ प्रतिशत पुरूष छन्

    अनलाइन नेपाल
  • बुधबार, २७ मंसिर २०८०
  • 438
    SHARES

    काभ्रे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको मुद्धा लाग्नेहरू मध्ये ९९ प्रतिशत पुरूष रहेको बताएका छन्।

    काभ्रेको पाँचखालमा महिला उद्यमी हरित औद्योगिक पार्कको शिलन्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले महिलाहरू सुशासन र सामाजिक न्यायको उभिँदै आएको भन्दै खुसी व्यक्त गरे।



    प्रधानमन्त्री प्रचण्डले भने,‘मेरो दिमागमा के छ भने भ्रष्टाचारको केस लाग्नेहरू मध्ये ९९ प्रतिशत पुरूष छन्, महिला छैनन्। महिलाहरू सुशासन, सामाजिक न्यायको पक्षमा हुन्छन्। किनभने, घरभित्र परिवारभित्र सबैलाई मिलाएर सबैलाई माया गरेर राम्रो संयोजन गर्ने भूमिकामा महिला नै छन्, नेपालमा ९९ प्रतिशत त्यस्तो भूमिकामा छन्।’

    प्रधानमन्त्री प्रचण्डले उद्योग, अर्थतन्त्रको क्षेत्रमा महिला उद्यमीहरूको अगाडि आउँदा प्रभावकारी परिणाम आउन सक्ने बताए। प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि केही चिज अगाडि बढाएको पनि बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार