Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालीहरू प्रवेश गरी क्यासिनो खेल्ने गरेको सूचनापछि प्रहरीको छड्के चेकजाँच

नेपालगन्ज । नेपालीहरू प्रवेश गरी क्यासिनो खेल्ने गरेको सूचनापछि नेपालगन्जका क्यासिनोहरुमा प्रहरीले छड्के चेकजाँच गरेको छ ।

वडा प्रहरी कार्यालय नेपालगन्जको टोलीले नेपालगन्जमा सञ्चालित सात वटा क्यासिनोमा छड्के चेकजाँच गरेको हो ।

वडा प्रहरी कार्यालय नेपालगन्जका अनुसार नेपालीहरू भए नभएकोबारे अनुसन्धान गरिएको छ ।

तर छड्के चेकजाँचका क्रममा नेपाली भने फेला नपरेको प्रहरीले जनाएको छ । क्यासिनोमा भारतीयलाई मात्र प्रवेश गर्न पाइने नियम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077