Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीलाई कालो झण्डा देखाउने पहिचानवादी पक्राउ

भोजपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भोजपुरमा पहिचानवादीले कालो झण्डा देखाएका छन् ।

मध्यपहाडी संकल्प यात्राअन्तर्गत १५औं दिनमा भोजपुरबाट धनकुटातर्फ जाने क्रममा बैंक रोडमा कालो झण्डा देखाउनेलाई प्रहरीले पक्राउ गरेको हो।

ओलीलाई कालो झण्डा देखाएको आरोपमा जसपाका उपाध्यक्ष मञ्जु राई, किरात फोसर्का अध्यक्ष दिनेश राई, धिरज राई, धिरेन खिम्बूले ,मनि राई, तायावुङ राईलगायत पक्राउ परेका छन् ।

कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलन गरिरहेका पहिचानवादीले एमालेको संकल्प यात्रालाई अवरोध गर्ने उद्देश्यसहित बन्दसम्मका संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077