Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमाले अध्यक्ष ओलीलाई कालो झण्डा देखाउने पहिचानवादी पक्राउ

    एमाले अध्यक्ष ओलीलाई कालो झण्डा देखाउने पहिचानवादी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २८ मंसिर २०८०
  • 441
    SHARES

    संकेतिक तस्विर

    भोजपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भोजपुरमा पहिचानवादीले कालो झण्डा देखाएका छन् ।

    मध्यपहाडी संकल्प यात्राअन्तर्गत १५औं दिनमा भोजपुरबाट धनकुटातर्फ जाने क्रममा बैंक रोडमा कालो झण्डा देखाउनेलाई प्रहरीले पक्राउ गरेको हो।



    ओलीलाई कालो झण्डा देखाएको आरोपमा जसपाका उपाध्यक्ष मञ्जु राई, किरात फोसर्का अध्यक्ष दिनेश राई, धिरज राई, धिरेन खिम्बूले ,मनि राई, तायावुङ राईलगायत पक्राउ परेका छन् ।



    कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलन गरिरहेका पहिचानवादीले एमालेको संकल्प यात्रालाई अवरोध गर्ने उद्देश्यसहित बन्दसम्मका संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार