Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ६ अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

    ६ अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

    अनलाइन नेपाल
  • बिहिबार, २८ मंसिर २०८०
  • 726
    SHARES

    फाइल फोटो

    काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से ६.५५ अंक बढेको छ ।

    सो अंकको वृद्धिपछि नेप्से १९९४ विन्दुमा कायम भएको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ ।



    अघिल्लो दिन ३ अर्ब ९० करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब १५ करोडमा खुम्चिएको छ ।



    कुल १४० कम्पनीको मूल्य बढ्दा ९१ को घट्यो भने १० को स्थिर रह्यो । अन्य समूह सबैभन्दा धेरै १.५ प्रतिशत बढ्यो ।

    विकास बैंक ५२, फाइनान्स ६, होटल तथा पर्यटन ९, जलविद्युत् २४, उत्पादन २८, निर्जीवन बीमा ५५ र अन्य उपसमूह २२ अंक बढे ।

    बैंकिङ ०.३४, जीवन बीमा १५, माइक्रोफाइनान्स १७ र व्यापार उपसमूह २६ अंक घटे । यस दिन ८ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार