Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमाले अध्यक्ष ओलीमाथि धनकुटामा मुक्का प्रहार, एक जना पक्राउ

    एमाले अध्यक्ष ओलीमाथि धनकुटामा मुक्का प्रहार, एक जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २८ मंसिर २०८०
  • 3.4K
    SHARES

    विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा आक्रमण प्रयास भएको छ ।

    मध्यपहाडी संकल्प यात्रा भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो ।



    फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका महालक्ष्मी–५ धनकुटाका महेश राईले ओलीमाथि मुक्का हानेका हुन् ।



    आक्रमण गर्ने व्यक्ति राईको एउटा हात भने सुरक्षाकर्मीले समाएको देखिन्छ।

    उनको आक्रमण लगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार