Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अध्यक्ष ओलीको आरोप - एनसेल प्रकरणमा सरकारको संलग्नता छ

तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेल शेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता भएको आरोप लगाएका छन् ।

बिहीबार तेह्रथुममा महाकाली–मेची अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले एनसेल बेच्ने तयारी भइरहेको भन्दै सरकारको संलग्नता बिना बेचिन नसक्ने दाबी गरे ।

देशलाई घाटा पारेर सरकारले जालझेल गरी अर्को कम्पनीमा कौडीका मोलमा नामसारी गर्न लागेको अध्यक्ष ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077