Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओलीमाथि भएको आक्रमण प्रयास अत्यन्तै निन्दनीय छ : विश्वप्रकाश शर्मा

    ओलीमाथि भएको आक्रमण प्रयास अत्यन्तै निन्दनीय छ : विश्वप्रकाश शर्मा

    अनलाइन नेपाल
  • बिहिबार, २८ मंसिर २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा भएको हातपात प्रयासको निन्दा गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत महामन्त्री विश्वप्रकाशले ओलीमाथि हातपात प्रयासको निन्दा गरेका हुन् । उनले असहमति र विरोध संवैधानिक हक भएको तर भौतिक आक्रमण कानुनी नियन्त्रणको विषय भएको बताए ।



    उनले कुनै पनि विमतिको समाधान वार्ताबाट खोजिनुपर्ने तर्क गरे । उनले लेखेका छन्,’एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा जे घटना भयो त्यो अत्यन्तै निन्दनीय छ । असहमति र विरोध संवैधानिक हक तर भौतिक आक्रमण कानुनी नियन्त्रणको विषय । सबैथरि विमति सुनौँ र समाधान खोजौँ, तर सुनाउनेले पनि संयम राखौँ यति बुझौँ– मैदानको ‘कुस्ती’ले हामीलाई कहीँ पुर्‍याउन्न ।’



    संकल्प यात्राका क्रममा धनकुटाको लेगुवा पुगेका ओलीमाथि बिहीबार आक्रमण भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार