Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सत्ता गठबन्धन वैधानिक तरिकाले नै तोड्छौं : केपी ओली

    सत्ता गठबन्धन वैधानिक तरिकाले नै तोड्छौं : केपी ओली

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 507
    SHARES

    तेह्रथुम। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैधानिक तरिकाले नै सत्ता गठबन्धन तोड्ने बताएका छन् ।

    ‘झुलाघाट–चिवा भञ्ज्याङ सम्मृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत तेह्रथुमको म्याङ्लुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    अध्यक्ष ओलीले धैर्यता राखेर वैधानिक ढङ्गले नै गठबन्धन तोड्ने बताए।



    अध्यक्ष ओलीले भने,‘लोकतन्त्रमा धैर्यता राखेर लोकतान्त्रिक विधिबाटै समस्या समाधान खोज्नुपर्छ । अहिले हामी सरकारमा छैनौ, हामीलाई देशी विदेशी षडयन्त्रहरू लागेर सरकारबाट हटाइयो । हामीले सुशासन ल्याउने काम गर्‍यौ, त्यसकारण हामीलाई हटाइयो । हामी फेरि पनि धैर्यतापूर्ण ढङ्गले अहिलेको गठबन्धन तोड्छौ ।’

    उनले यस गठबन्धनका अपराधहरूलाई देशको प्रगतिका बाधक बनेका क्रियाकलापलाई वैधानिक ढङ्गले जनताको अभिमतबाट परास्त गर्ने बताए ।

    अध्यक्ष ओलीले जे गरे पनि आन्दोलन हुने होइन भन्दै कालो झण्डा देखाउने वा अरू प्रकारका गतिविधि गर्नु, हिंसात्मक र मुठभेडले समस्या समाधान नगर्ने पनि बताए ।

    उनले नेकपा एमाले बलिदान, जेलनेल भोगेर आएको भन्दै यस पार्टीलाई जनताले अलमलमा नपरी साथ दिनुपर्ने बताए । अध्यक्ष ओलीले पहिचान पक्षधरप्रति सङ्केत गर्दै केहीले परिस्थितिलाई असहज र अप्ठेरो बनाउन खोजेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार