Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • महासमिति बैठक सार्ने कांग्रेसको निर्णय

    महासमिति बैठक सार्ने कांग्रेसको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 666
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन बैठकले महासमितिको बैठक सार्ने निर्णय गरेको छ।

    शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा महासमितिको बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव भएको हो।



    यसअघि महासमितिको बैठक पुस १६ देखि १९ गतेसम्म गर्ने निर्णय थियो। उक्त बैठक राष्ट्रिय सभाको चुनाव र चिसोका कारण सार्ने निर्णय भएको हो।



    माघ ११ गते राष्ट्रिय सभाको चुनाव हुँदैछ। कार्यसम्पादन बैठकमा जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार