Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सुर्तीजन्य पदार्थको बिक्री रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलगेसम्म महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

काठमाडौं महानगरपालिकाले मंसिर २७ गतेदेखि लागू हुनेगरी आफ्नो कार्यक्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको थियो।

अन्तरिम आदेशमा भनिएको छ,‘महानगरको स्वास्थ्य विभागले जारी गरेको सूचनाले कानुन बमोजिम सञ्चालन गर्दै आएको उद्योग व्यवसायमा प्रतिकूल असर परी अपुरणीय क्षति हुन सक्ने अवस्था देखिएको छ।’

महानगरले सार्वजनिक स्थलमा ध्रम्रपान निषेधसमेत गरेको थियो। त्यसविरुद्ध श्रीराम टोवागो उद्योगले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077