Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमालेलाई षड्यन्त्रपूर्वक सत्ताबाट हटाउने काम भयो : केपी ओली

तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले प्रभाकारी रूपले देश विकासको काम गरिरहेका अवस्थामा षड्यन्त्रपूर्वक सत्ताबाट हटाउने काम भएको बताएका छन्।

झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत तेह्रथुमको आठराई गाँउपालीकामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले एमाले सरकारले मुलुकमा असाधारण विकासको काम गर्न खोजेकाले षड्यन्त्रपूर्वक सत्ताबाट हटाउने काम भएको प्रस्ट्याए।

एमालेलाई सरकारबाट हटाए पनि जनतामा प्रभाव विस्थापित गर्न नसकेको र लोकप्रीय पार्टी हुन सफल भएको उनले बताए।

अध्यक्ष ओलीले मिसन २०८४ का लागि झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आयोजना गरेको र लाखौं जनता सहभागी भएको दाबी गरे

अध्यक्ष ओलीले मुलुकलाई अफ्ठ्यारोबाट अघि बढाउनका लागि सही नीतिको आवश्यकता रहेको र त्यो एमालेमा मात्रै भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077