Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सभापति देउवालाई राष्ट्रिय सभा उम्मेदवार छान्ने जिम्मा

    सभापति देउवालाई राष्ट्रिय सभा उम्मेदवार छान्ने जिम्मा

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 717
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

    शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।



    नेता मिनबहादुर विश्वकर्माका अनुसार राष्ट्रिय सभाको निर्वाचनमा पार्टीको तर्फबाट भाग लिनका लागि दल दर्ता गर्ने निर्णय भएको र उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति देउवालाई दिइएको छ ।



    निर्वाचन र दल दर्ताको व्यवस्थापन गर्नका लागि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई तोक्ने निर्णय भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार