Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमाले अध्यक्ष ओलीको आरोप – पूर्वगृहमन्त्री खाँणलाई ‘सेटिङ’मा छोडियो

    एमाले अध्यक्ष ओलीको आरोप – पूर्वगृहमन्त्री खाँणलाई ‘सेटिङ’मा छोडियो

    अनलाइन नेपाल
  • शनिबार, ३० मंसिर २०८०
  • 1.1K
    SHARES

    पाँचथर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई ‘सेटिङ’मा छोडिएको आरोप लगाएका छन् ।

    समृद्धिका लागि एमालेको मध्यपहाडी संकल्प यात्राअन्तर्गत पाँचथरको फिदिममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।



    कांग्रेसका खाँणलाई छोडिएको तर एमालेका नेता पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश दिइएको भन्दै अध्यक्ष ओलीलेले आपत्ति जनाए ।



    अध्यक्ष ओलीले भने,‘कांग्रेसका बालकृष्ण खाण छुटे । तर हाम्रा कोही साथीहरूलाई जेल राखिएको छ । टोपबहादुरजी एमालेमा लागेको रिसले उहाँलाई जेलमै राखियो । कांग्रेसको मान्छे न्यायाधीश हुन्छ अनि कहाँ हुन्छ !’

    नक्कली भुटानी शरणनार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्रीसमेत रहेका खाँणलाई पाटन उच्च अदालतले बिहीवार ३० रुपैयाँ लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।

    तर हाल एमाले भएका पूर्वमाओवादी नेता रायमाझीलाई भने थुनामै राखिएको छ । यस्तै अदालतबाट ३० लाख धरौटीमा छुटेका खाँणसँग सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि १५ लाख रुपैयाँ धरौटी मागेको छ । उनी शुक्रवार रिहा भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार