Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

‘रेड नोटिस’ जारी भएका व्यक्तिलाई दुबईबाट पक्राउ गरेर ल्याइयो

काठमाडौं । इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका सर्लाहीको जानकीनगरका कोमलराज उपाध्याय पक्राउ परेका छन् ।

ठगी मुद्दामा एनसीबी अबुधाबीको समन्वयमा उनलाई संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईबाट पक्राउ गरिएको हो । नेपाल प्रहरीले जनाएको छ ।

उपाध्याय समेत सञ्चालक रहेको दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सिजले त्यहाँ आर्म्स गार्ड, डीपीएस सेक्युरिटीमा काम लगाइदिने भन्दै ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई शुक्रबार नेपाल फिर्ता ल्याइएको छ ।

यूएईस्थित दुबईमा आर्म्स गार्ड, डिपिएस सेक्युरिटीमा आकर्षक तलब र सुविधा सहितको रोजगारी दिने प्रलोभन देखाई भिजिट भिसा मार्फत दुबई बोलाएको, रोजगारीको लागि भन्दै आफूहरूबाट रकम लिएको तर भने बमोजिम रोजगारीमा नलगाई ठगी गरेको भन्दै ५१ जना पीडितहरूले उनी विरूद्ध जाहेरी दरखास्त दिएका थिए ।

अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका निम्ति उनीविरुद्ध इन्टरपोल महासचिवालयबाट ०७९ वैशाख २७ गते रेड नोटिस जारी भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077