Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज पुष १ गते आइतबार, यस्तो तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल पुष १ गते आइतबारको राशिफल ।

मेष

आज पुनर्मिलनको योग रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग पनि मिल्ला ।

मिथुन

आफन्तको प्रगतिमा मन रमाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक कामले गति लिने र राम्रो फड्को मार्न सकिनेछ ।

सिंह

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

तुला

आज गरेका कार्यमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

धनु

आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्न सक्छन् । सामाजिक प्रतिष्ठामा अभिवृद्धि पनि हुनेछ ।

कुम्भ

आज दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । मनमा निराशा र शरीरमा आलस्य पनि आउला ।

बृष

आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ । प्रविधि मार्फत टाढा रहेका आफन्तसँग भेटघाट हुनेछ ।

कर्कट

कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सामाजिक कार्य राम्रो हुन्छ ।

कन्या

आज मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ, तर खानपिन र स्वास्थ्य प्रति बढी सजगता अपनाउनु पर्छ ।

बृश्चिक

आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक र न्यायिक कार्यमा सफलता मिल्नेछ, तर अनावश्यक हिँडडुल नगरेकै जाती ।

मकर

आज शुभकार्यको चर्चा चल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । बन्दव्यापार भने कमजोर नै रहला ।

मीन

शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययनमा रुचि बढ्ने योग पनि देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077