Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमालेको मध्यपहाडी संकल्प यात्रा आज चिवाभञ्ज्याङमा टुंगिदै

काठमाडौं । सुदूरपश्चिमको बैतडीस्थित झुलाघाटबाट शुरू भएको नेकपा एमालेको समृद्धिका लागि मध्यपहाडी संकल्प यात्रा आज सुदूरपूर्वको पाँचथरमा रहेको चिवाभञ्ज्याङमा गएर टुंगिदै छ । गत मंसिर १४ गते सुरु भएको संकल्प यात्रा १८ दिपछि आज टुंगिन लागेको हो ।

हिजो पाँथरको फिदिममा बसेको टोली आज बिहान त्यहाँबाट प्रस्थान गर्ने र साँझ फिदिमा नै बास बस्ने कार्यक्रम रहेको छ । फिदिमबाट करिब ५० किलोमिटरको दुरीमा रहेको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउनेछन् ।

३ हजार २ सय मिटर अग्लो यस ठाउँबाट पुन फर्किएर साँझसम्ममा टोली फिदिम पुग्ने छ । यात्राका क्रममा मध्यपहाडी राजमार्गमा पर्ने बैतडी, डडेलधुरा, डोटी, अछाम, दैलेख, जाजरकोट, पश्चिम रुकुम, पूर्वी रुकुमको यात्रा गरेको थियो ।

यसैगरी बागलुङ, पर्वत, कास्की, लमजुङ, धादिङ, नुवाकोट हुदै काभ्रेपलान्चोक, सिन्धुपाल्चोक जिल्लाको यात्रा टोलीले भ्रमण गरेको थियो। यसैगरी रामेछाप, सिन्धुली, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा हुँदै यात्रा टोली तेह्रथुमबाट पाँचथर पुगेको थियो।

यात्राको क्रममा मध्यपहाडी राजमार्गले नछुने चारवटा जिल्लाहरुमा एमालेको टोली पुगेको छ। जसमा गुल्मी, सुर्खेत, सल्यान र दोलखा रहेका छन्।

यसरी मध्यपहाडी राजमार्गमा भित्रका २६ र त्यस बाहिरका चारवटा गरेर ३० वटा जिल्लाका जनतासँग एमालेले संवाद गरेको छ।यात्रा टोली भोली बिहान काठमाडौंका लागि प्रस्थान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077