Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्पेनिस ला लिगा : भ्यालेन्सियासँग बराबरीमा रोकियो बार्सिलोना

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोना र भ्यालेन्सियाले बराबरी खेलेका छन् ।

शनिबार राति भएको खेल एक-एक गोलको बराबरीमा रोकिएको हो । खेल बराबरीमा रोकिएसँगै दुवै टोलीले अंक बाँडेका छन् ।

खेलको ५५ मिनेटमा जोआओ फेलिक्सको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। उनलाई गोल गर्न राफिन्हाले पास दिएका थिए।

७० मिनेटमा भ्यालेन्सियाका लागि गुइलामोले बराबरी गोल फर्काए ।

यता एट्लेटिको म्याड्रिडलाई एथ्लेटिक्स बिल्बाओले २-० गोल र गेटाफेले सेभियालाई ३-० गोलले पराजित गरेका छन्।

अंक तालिकामा बार्सिलोना ३५ अंकसहित तेस्रो स्थानमा छ । एट्लेटिको म्याड्रिड ३४ अंकसहित चौथो स्थानमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077