Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेप्से परिसूचक २ हजार अंकमाथि पुग्दा ५ अर्बको कारोबार

    नेप्से परिसूचक २ हजार अंकमाथि पुग्दा ५ अर्बको कारोबार

    अनलाइन नेपाल
  • आइतबार, १ पुष २०८०
  • 294
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेप्से परिसूचक २ हजार अंकमाथि पुगेको छ । कारोबार सुरु भएदेखि नै निरन्तर उत्साहजनक वृद्धि लिएको परिसूचक २७ अंकले बढ्दै २ हजार २२ अंकमा पुगेर रोकिएको हो ।

    नेप्से परिसूचक ३२ सयको अंकमा पुगेर फर्किएपछि लामो समयसम्म १८०० र १९०० आसपास घुमेर बसेको थियो । लामो समयपछि उत्साहजनक वृद्धि लिँदै २ हजार अंकको लाइन पार गरेको हो । आज परिसूचक संगै कारोबार रकम समेत उत्साहजनकरुपले बढेको छ ।



    परिसूचकमा सुस्तता आउँदा कारोबार रकम समेत १ अर्बभन्दा तल कायम रहँदै आएको थियो । आज भने ५ अर्ब १५ करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । आज १ करोड ७१ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्बभन्दा धेरैको कारोबार भएको हो ।



    परिसूचक २७ अंकले बढ्दा १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ कम्पनीको मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ । परिसूचक र कारोबार रकममा उत्साहजनक वृद्धि हुँदा ११ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

    यस्तै, १६ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा धेरैको वृद्धि आएको छ । समग्रमा आज १८५ वटा कम्पनीको सेयर मूल्यले उकालो यात्रा तय गरेको छ । यसक्रममा आज हिमाल दोलखा हाइड्रोपावरको सेयर २५ करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार