Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

११ वर्षदेखि फरार प्रतिवादी पक्राउ

बागलुङ । प्रहरीले सवारी ज्यान कसूर मुद्दाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बागलुङको ढोरपाटन नगरपालिका–३ का ३४ वर्षीय बाबुराम दमाई रहेका छन् ।

बाबुरामलाई बागलुङ जिल्ला अदालतले सवारी ज्यान कसुर मुद्दामा २०६९ वैशाख ७ गते १ महिना १७ दिन कैद सजाय फैसला सुनाएको थियो ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङ बागलुङबाट खटिएको टोलीले बाबुरामलाई पक्राउ गरी लगत कट्टाका लागि आइतबार बागलुङ जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077