Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोशी प्रदेशको सभामुखमा राप्रपाले दाबी गर्ने

मोरङ । कोशी प्रदेशसभाको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दाबी गर्ने भएको छ । सभामुखमा राप्रपाले प्रमुख सचेतक अमरबहादुर विष्टलाई अघि सार्ने तयारीसमेत गरेको हो ।

राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सभामुख पद राप्रपाले लिने छलफल भइरहेको बताएका छन् । सिटौलाले राप्रपाले सभामुख र एउटा संसदीय समितिको सभापति लिएर प्रदेश सरकारलाई साथ दिने राप्रपाको तयारी रहेको बताएका हुन् ।

कोशी प्रदेशसभा सचिवालयले सभामुख चयनको तयारी थालेका बेला सभामुख राप्रपाले दाबी गर्ने तयारी थालेको छ ।

प्रदेशसभा गठन भएपछि पुस २८ गते सभामुख पदमा निर्विरोध निर्वाचित भएका माओवादी केन्द्रका तत्कालीन सभामुख बाबुराम गौतमले साउन १६ गते पदबाट राजीनामा दिएका थिए ।

उनी कांग्रेसका नेता उद्धव थापा नेतृत्वको सरकार गठनका लागि बहुमत पुर्‍याउन सभामुख पदबाट राजीनामा दिएर आर्थिक मामलिा तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

उनी सभामुख पदबाट राजीनामा दिएदेखि उपसभामुख सिर्जना दनुवारले प्रदेशसभा सम्हाल्दै आएकी हुन् । ९३ सदस्यीय प्रदेशसभामा एमालेको उपसभामुख सहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको ६, नेकपा (एकिकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीका एक जना प्रदेश सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077