Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

देशमा सोचेअनुसार विकास गर्न सकिएन : सभामुख घिमिरे

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोचेअनुसार देश विकास गर्न नसकिएको बताएका छन् ।

हल्दिबारी गाउँपालिका–२ मा रहेको लक्ष्मीनारायण मन्दिरमा आज आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले केही उदासीनताका कारण देशमा सोचेअनुसार विकास गर्न नसकिएको बताए ।

संसद् विकास कोषको रकम रोकिएकाले पनि संसद्को निर्वाचन क्षेत्रमा हुने विकास निर्माणका आयोजनामा प्रत्यक्ष असर परेको उनले बताए ।

लक्ष्मीनारायण मन्दिरमा यही पुस १० गते आयोजना गरिने महायज्ञबाट सङ्कलित रकमले मन्दिर व्यवस्थापन तथा सामुदायिक भवन निर्माण गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077