Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • देउवाको मनमौजीमा कांग्रेस, दुई महामन्त्री बने निरिह

    देउवाको मनमौजीमा कांग्रेस, दुई महामन्त्री बने निरिह

    अनलाइन नेपाल
  • मंगलबार, ३ पुष २०८०
  • 609
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको १३ औँ महाधिवेशनदेखि कमाण्ड सम्हालेका सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानअनुसार चलाउन नसक्दा भद्रगोल बन्यो । पार्टीको भ्रातृ संगठनलाई चलायमान बनाउनुको साटो सिथिल बनाए । संसदीय इतिहासमै कांग्रेसलाई कमजोर बनाएका सभापति देउवाको मनमौजी अहिले पनि जारी छ ।

    १३ औं महाधिवेशनमा निर्वाचित भएका महामन्त्री शशांक कोइराला बलियो प्रतिपक्ष बन्नु पर्नेमा त्यसो गरेनन् । जसले गर्दा देउवाले आफूखसी निर्णय गर्दै जाँदा कांग्रेसको १४ औं महाधिवेशन पनि धकेले । आफ्नो कार्यकाल लम्ब्याए ।



    २०७२ फागुन २४ गते सभापति चुनिएका देउवाको कार्यकाल २०७६ फागुन २३ सम्म भए पनि उनले कार्यकाल दुई वर्ष लम्ब्याए । देउवासामु पदाधिकारी चुँइक्क बोल्न सकेनन् । तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘अर्लि महाधिवेशन’को क्यालेन्डरले पनि काम गरेन । देउवाले आफू अनुकुल भएपछि २०७८ मंसिरमा पार्टीको १४ औँ महाधिवेशन गराए ।



    पार्टीको महाधिवेशनबाट दुई युवा महामन्त्री निर्वाचित भए । ८० टेक्दै गरेका परिपक्व नेतृत्वसँग ५० टेक्दै गरेका र ५० कटेका दुई युवा महामन्त्रीले कांग्रेस चलायमान हुन्छ भन्ने कांग्रेस कार्यकर्ताहरुको अपेक्षा थियो । तर, देउवाको अगाडि दुई युवा महामन्त्रीले पनि पार्टीमा दबाब बढाउन सकेनन् ।

    त्यसो त संस्थापनइतर समूहलाई देउवाले तितरबितर बनाएपछि पार्टीको महाधिवेशन गराए । शशांक कोइरालाले तत्कालीन संस्थापन इतर समूह छाडेर देउवालाई साथ दिए । शशांकको सहयोगमा देउवाको आत्मविश्वास मात्रै बढेन चुनाव पुनः जित्ने आशा पलायो ।

    तितरबितर बनेको संस्थापन इतर समूहलाई तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्हाल्न सकेनन् । त्यसपछि देउवाले त्रासमुक्त समाज निर्माणका लागि एक पटक आफू पुनः सभापति हुने बताए । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार