Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ

कपिलवस्तु । लागूऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय पिपराले वाणगंगा नगरपालिका-२ गोवडिहवाको एक घरबाट ६ जनालाई ७ सय १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नवलपरासीको देवचुली नगरपालिका -२ का २३ वर्षीय मुक्तिप्रसाद खनाल, कपिलवस्तुकै बुद्धभूमि नगरपालिका -२ का २६ वर्षीय विवेक थापा मगर, रुपन्देहीका सैनामैना नगरपालिका -९ का १८ वर्षीय मनोज दर्जी, सोही स्थानका १८ वर्षीय समीर परियार रहेका छन् ।

यसैगरी कपिलवस्तुको वाणगंगा नगरपालिका-२ बस्ने २८ वर्षीय विनोद परियार र सोही स्थानका ३३ वर्षीय विष्णु श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये केही लागुऔषध कारोवारी, केही सेवनकर्ता र केही विभिन्न स्थानमा चोरी डकैती गर्ने गिरोहमा संलग्न हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेकालाई जिल्ला अदालतको आदेशमा प्रहरीले ५ दिन थुनामा राखी थप अनुसन्धान सुरु गरेको छ ।

उनीहरुको साथबाट बरामद भएको दुईवटा मोटरसाइकल, ३ लाख ४९ हजार २ सय ५५ रुपैयाँ नगद, सुन जस्तो देखिने धातुका गरगहनालगायतका सामग्री बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077