Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पर्यटनमन्त्री किराती भन्छन् – म सबै धर्म मान्नेको अभिभावक हुँ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू सबै धर्म मान्नेको अभिभावक भएको स्पष्टीकरण दिएका छन्।

बुधबार काठमाडौं उपत्यकाव्यापी संयुक्त बृहत् कृष्टमस महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पर्यटनमन्त्री किरातीले गरेको भाषण विवादित बनेपछि उनले आज सामाजिक सञ्जालमार्फत् ‘सबै धर्मको सम्मान गर्नुपर्ने’ बताएका हुन्।

मन्त्री किरातीले हिजो भाषण गर्ने क्रममा भनेका थिए, ‘क्रिस्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो। संविधान मान्दिन भन्ने देशद्रोही हुन्। यदि कसैले देशद्रोह गर्छ भने त्यस्तालाई हतकडी लगाएर जेलमा हाल्नुपर्छ।’

पर्यटनमन्त्री किरातीले आफ्नो अभिव्यक्तिले वहस सिर्जना गरेको भन्दै वहसमा सहभागी सबैलाई धन्यवाद भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘संविधानलाई पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गरौँ। अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो।’

उनले आफूलाई विभिन्न सयमयमा विभिन्न प्रकारका धार्मिक आरोप लागेको भन्दै त्यसलाई आफूले सामान्य रुपमा लिएको अभिव्यक्ति दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077