Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दक्षिण अफ्रिकालाई ७८ रनले हराउँदै भारतले जित्यो उपाधि

एजेन्सी । दक्षिण अफ्रिकासँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जितेको छ ।

गएराति भएको तेस्रो तथा निर्णायक खेलमा भारतले दक्षिण अफ्रिकालाई ७८ रनले हराउँदै शृङ्खला २–१ ले जितेको हो ।

जितका लागि २ सय ९७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५ ओभर ५ बलमा २ सय १८ रनमा अलआउट भयो ।

त्यसअघि पार्लमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९६ रन बनायो ।

पहिलो खेलमा भारत ८ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा दक्षिण अफ्रिकाले भारतलाई ८ विकेटले नै हराएको थियो । अब दुई देशबीच दुई खेलको टेस्ट शृङ्खला हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077