Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेसको मधेश प्रदेश सम्मेलनमा बन्दसत्र जारी

    कांग्रेसको मधेश प्रदेश सम्मेलनमा बन्दसत्र जारी

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 492
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको मधेश प्रदेश सम्मेलन आज पनि जारी रहेको छ ।

    हिजो जनकपुरस्थित महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा सुरुभएको सम्मेलनको आज बन्दसत्र चलिरहेको हो ।



    बन्दसत्रमा प्रदेश महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठले सांगठनिक र राजनीतिक प्रतिवेदन पेस गरेका छन् । यस्तै कोषाध्यक्ष प्रदीप यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।



    प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार बन्दसत्रमा मधेस प्रदेशका ८ जिल्लाबाट ८ सय २५ प्रतिनिधि सहभागी रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार