Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पर्यटनमन्त्री सुदन किरातीको पुत्ला दहन, मागियो राजीनामा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै पुत्ला दहन गरिएको छ ।

सानोठिमी क्याम्पसमा नेपाली कांग्रेस नेवि संघका केन्द्रीय नेताहरूले मन्त्री किरातीको पुत्ला दहन गरेका हुन् ।

मन्त्री किरातीले धार्मिक सद्भाव भड्काउन खाजेको र समाजमा अराजकता फैलाएको भन्दै पुत्ला दहन गरिएको बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले तत्काल मन्त्री किरातीलाई बर्खास्त गर्नुपर्ने माग गरिएको छ ।

धर्मबारे अभिव्यक्ति दिएका मन्त्री किरातीको अहिले चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077