Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आज विशेष पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली

    आज विशेष पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली

    अनलाइन नेपाल
  • आइतबार, ८ पुष २०८०
  • 492
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछन् ।

    आज दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा अध्यक्ष ओली पत्रकार सम्मेलन गर्न लागेका हुन् ।



    एमालेले गत मंसिर १४ देखि पुस १ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको झुलाभञ्ज्याङसम्म ‘सम्मृद्धिका लागि संकल्प यात्रा’ गरेको थियो ।



    सोही यात्राका क्रममा बटुलेका अनुभव, समीक्षा र सन्देशका बारेमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न अध्यक्ष ओलीसहितका केन्द्रीय पदाधिकारीको उपस्थितिमा विशेष पत्रकार सम्मेलन आयोजना गरिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार