Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : वेस्ट ह्यामसँग म्यानचेस्टर युनाइटेड पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । गएराति भएको खेलमा युनाइटेड वेस्ट ह्यामसँग २-० गोलले पराजित भएको हो ।

वेस्ट ह्यामले युनाइटेडविरूद्ध दुवै गोल हाफ टाइमपछि गरेको हो । ७२ औं मिनेटमा आर्सनलका जेरोड बोएन र ७८ औं मिनेटमा मोहम्मद कुडुजले गोल गरे।

जितसँगै वेस्ट ह्याम अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ। उसले १८ खेलमा ९ जित, बराबरी र ६ हार ब्यहोर्दै ३० अंक जोडेको छ।

पराजित भएको म्यानचेस्टर युनाइटेड आठौं स्थानमा छ। उसले १८ खेलमा ९ जित, २ हार र ७ खेल बराबरी गर्दै २८ अंक बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077