Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • निर्माणमा ढिलाई भएको गुनासोपछि फास्ट ट्रयाक आयोजना प्रमुख फेरिए

    निर्माणमा ढिलाई भएको गुनासोपछि फास्ट ट्रयाक आयोजना प्रमुख फेरिए

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं-तराई द्रुत मार्ग निर्माण आयोजना प्रमुख फेरिएका छन् ।

    निर्माणमा ढिलाई भएको गुनासोबीच नेपाली सेनाले सहायक रथी विकास पोखरेललाई फास्ट ट्रयाक आयोजना प्रमुखको जिम्मेवारी दिएको हो ।



    सेनाले कमलविक्रम शाहको स्थानमा पोखरेललाई जिम्मेवारी दिएको हो ।



    पोखरेलले यसअघि पनि फास्ट ट्रयाक आयोजना प्रमुखका रुपमा काम गरिसकेका छन्। यो आयोजना २०७४ को सुरुमा नेपाली सेनालाई जिम्मा दिइएको थियो ।

    ७१ किलोमिटर लामो द्रुतमार्गको भौतिक प्रगति २८ प्रतिशत मात्रै छ। निर्माणमा ढिलाइबारे केही दिनअघि संघीय संसद्को संसदीय समितिमा कुरा उठेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार