Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • कार्यक्षमता कमजोर भएका राजदूतलाई फिर्ता बोलाउँदैछौं : प्रधानमन्त्री प्रचण्ड

    कार्यक्षमता कमजोर भएका राजदूतलाई फिर्ता बोलाउँदैछौं : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 543
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी गरेको बताएका छन्।

    सरकार गठनको एक वर्ष पूरा भएको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने,’आर्थिक र कूटनतीति नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि आह्वान गर्दछु । कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी गर्दैछौं ।’



    उनले आर्थिक र कूटनीतिक नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि ध्यान दिएको बताए।

    प्रधानमन्त्रीले मुलुकमा लगानी ल्याउने भूमिका खेल्ने र पर्यटन वृद्धिका लागि कूटनीतिक गतिविधि हुनुपर्ने बताए।

    उनले नेपालले विदेशमा पठाएका राजदूत र कूटनीतिक नियोग प्रमुखहरूलाई कार्यक्षमताका आधारमा मात्रै पदमा राख्ने स्पष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार