Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • सरकारको कामले सामन्ती छटपटिएका छन् : प्रधानमन्त्री प्रचण्ड

    सरकारको कामले सामन्ती छटपटिएका छन् : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 450
    SHARES

    गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन थप बलियो बन्दै गइरहेको दाबी गरेका छन्।

    गोरखाको बारपाक सुलिकोट गाउँपालिका स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले गठबन्धन सरकारले राम्रो गरेको एकथरी तत्वहरुलाई मन नपरेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘गठबन्धन अझै बलियो हुँदै गएको छ । यो पाँचै बर्ष जान्छ। भर्खर एक वर्ष भयो । एक वर्षमै हामीले यतिका काम गर्न सक्यौं अब चार वर्ष यो गठबन्धन हुँदा हाम्रो अपेक्षाहरु पूरा गर्ने दिशामा ठूलाठूला सफलता हासिल गर्न सक्छौं ।’

    उनले एक वर्षे आफ्नो कार्यकालमा धेरै रेकर्ड बनेको दाबी गरे । हिजोका सामन्तहरु सरकारले गरेको कामदेखि छटपटिएको समेत प्रधानमन्त्री प्रचण्डले बताए ।

    प्रधानमन्त्री प्रचण्डले कसरी गठबन्धनलाई बदनाम गर्ने भनेर लागी परेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार