Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • डीएसपी ठगबहादुरलाई जोगाउन उल्टो बकपत्र गर्ने खिलेन्द्रविरुद्ध मुद्दा दायर

    डीएसपी ठगबहादुरलाई जोगाउन उल्टो बकपत्र गर्ने खिलेन्द्रविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 3.4K
    SHARES

    काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई उन्मुक्ति दिन उल्टो बकपत्र गराएको आरोपमा १ जनाविरुद्ध मुद्धा दायर भएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उल्टो बकपत्र गराएको आरोपमा बुटवल उपमहानरपालिका–४ लक्ष्मीपुरका खिलेन्द्र सिंह जिसीविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको हो।



    डीएसपी केसीको भ्रष्टाचार प्रकरणमा सरकारी साक्षीको रुपमा पेस गरिएका जिसीले ठगबहादुरलाई उन्मुक्ति दिने गरी उल्टो बकपत्र दिइएकाले मुद्दा चलाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।



    जिसीले अनुसन्धान अधिकृतसमक्ष गरेको कागज प्रतिकुल हुने गरी बकपत्र गरेको भन्ने उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो। जसक्रममा विशेष अदालतमा बकपत्र गर्ने बेला जिसीले डीएसपी केसीकै पक्षमा बकपत्र गरेको पाइएको थियो।

    त्यसपछि उनीविरुद्ध मुद्दा चलाइएको अख्तियारले जनाएको छ। उनलाई डीएसपी केसीकै १८ लाख घुस प्रकरणमा प्रतिवादी बनाउँदै मुद्धा दायर गरिएको छ। घुस प्रकरणमा विशेष अदालतमा मुद्धा दायर भएका डीएसपीलाई भने सेवाबाटै बर्खास्त गरिसकिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार