Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

डीएसपी पूर्णिमा चन्द काठमाडौंको ‘पुलिस अफ दी मन्थ’ घोषित

काठमाडौं । प्रहरी नायब उपरीक्षक (डीएसपी) पूर्णीमा चन्द 'पुलिस अफ दी मन्थ' घोषित भएकी छन् ।

प्रहरी वृत्त स्वयम्भूमा कार्यरत डीएसपी चन्द मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित भएकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी काम कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै आम नागरिकलाई सुरक्षा प्रत्याभूति दिलाउन डीएसपी चन्द उत्कृष्ट कार्य गरेको जनाएको छ ।

‘नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ एव अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिमा तपाईँले पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै २०८० साल मंसिर महिनाका ‘पोलिस अफ द मन्थको रुपमा यो प्रशंसा पत्र प्रदान गरिएको छ,’ प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीको हस्ताक्षरमा चन्दलाई प्रदान गरिएको प्रमाणपत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077