Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस, फैसला आउने सम्भावना

    सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस, फैसला आउने सम्भावना

    अनलाइन नेपाल
  • बिहिबार, १२ पुष २०८०
  • 558
    SHARES

    काठमाडौं । काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि बहस हुँदैछ । जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासमा बुधबार पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

    न्यायाधीश ढकालको इजलासबाट गत आइतबार फैसला केन्द्रित बहस सुरू भएको थियो । पहिलो दिन वादी पक्षबाट ३ जना सरकारी वकिलहरुले बहस गरेका थिए । त्यसपछि सोमबार र मंगलबार सार्वजनिक बिदा भएका कारण सुनुवाइ हुन सकेको थिएन।



    बुधबारदेखि सन्दीपका तर्फबाट बहस सुरु भएको छ । बुधबार अधिवक्ता मुरारी सापकोटाले सन्दीपका तर्फबाट ओपनिङ बहस गरेका थिए ।



    बिहीबार हुने सुनुवाइमा सन्दीपका कानुन व्यवसायीको बहस सकिने सम्भावना छ । मुद्दामा प्रतिवादी सन्दीपका तर्फबाट हाइप्रोफाइल वकिलहरूले बहस गर्न वकालतनामा दिएका छन्।

    पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले सुरूदेखि यो मुद्दामा बहस गर्दै आएका थिए। यस्तै, वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि सन्दीपको पक्षबाट बहस गर्ने तयारी गरेका छन् ।

    कृष्ण सापकोटा, सविता भण्डारी, सरोज घिमिरेले पनि लामिछानेको वचाउमा बहस गर्नेछन् । सन्दीपका वकिलको बहस लम्बिएमा फैसला शुक्रबारका लागि सर्नेछ । तर, बहस छोटो भएर जवाफी बहस सकिएमा भने बिहीबार नै फैसला आउने बताइएको छ ।

    नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार