Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • तोलामा १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    तोलामा १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • बिहिबार, १२ पुष २०८०
  • 618
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सुनको मूल्य प्रति तोला १३ रुपैयाँले बढेको छ । छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँ थियो ।

    आज १ लाख २२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    तेजावी सुन पनि प्रति तोला १३ सय रुपैयाँले नै बढेको महासंघले । बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार १ सय रुपैयाँ थियो भने बिहीबार १ लाख २१ ह्जार ४ सय रुपैयाँ पुगेको छ ।



    चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १४७५ रुपैयाँ थियो ।

    छापावाला सुन १० ग्रामको मूल्य १ लाख ४ हजार ५९५ रुपैयाँ पुगेको छ । तेजावी सुन १० ग्रामको मूल्य १ लाख ४ हजार ८०रुपैयाँ पुगेको हो ।

    चाँदी १० ग्रामको मूल्य १ हजा २७७ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार