Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचनका पुस १८ गतेभित्र उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटीलाई एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस १८ गतेभित्र उम्मेदवारहरू सिफारिस गरेर केन्द्रमा पठाउन निर्देशन दिएको छ ।

एमालेले प्रदेश कमिटीलाई पुस १० गते पत्राचार गर्दै पुस १८ गतेभित्र खाली भएको समूहमा प्रत्येक क्लस्टरबाट एक जना महिलासहित तीन जनाको नाम सिफारिस गरेर पठाउन मातहतका कमिटीहरूलाई निर्देशन दिएको हो ।

पुस १८ गते बेलुकासम्म सबै प्रदेश कमिटीले उम्मेदवार सिफारिस गरेर पठाएमा १९ पुसबाट सिफारिस नामहरूमाथि छानबिन सुरु हुने र उम्मेदवारको टुङ्गो लाग्ने छ । निर्वाचन आयोगले पुस २३ गते मनोनयनको समय तोकेको छ ।

आगामी माघ ११ गते १९ राष्ट्रिय सभा सदस्य पदका लागि निर्वाचन हुँदै छ । राष्ट्रिय सभामा हाल रहेका १७ मध्ये एमालेकामात्र ९ सांसदको पदावधि सकिँदै छ ।

राष्ट्रिय सभामा अध्यक्ष समेत रहेका गणेश तिमिल्सिना, मनोनीत सांसद विमला पौड्याल राईसहित भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, नरपति लुवार, रामचन्द्र राईको पदावधि फागुन २० बाट सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077